FAQs Complain Problems

वडा नं. ८ तुराङ्ग

चन्द्रकोट गाउँपालिकाको 8 नं. वडा साविक तुराङ गाउँ विकास समितिका ९ वटा वडाहरु मिलाई बनाईएको छ। जुन गाउँपालिकाको केन्द्र शान्तिपुरबाट दक्षिण-पश्चिममा अवस्थित छ। १९.६६  वर्ग किलोमिटर क्षेत्रफल भएको ८  नं. वडाको पूर्वमा ४, ६  र ७ वडा शान्तिपुर, हरेवा र रुपकोट, पश्चिममा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, दक्षिणमा गुल्मी जिल्लाकै गुल्मी दरवार गाउँपालिका र उत्तरमा १ र २ नं. वडा दिव्रुङ र विशुखर्क पर्दछ। २०६८  सालको जनगणना अनुसार ३९२२  जनसंख्या रहेको यस वडामा ब्राहमण, क्षेत्री, गुरुङ, मगर, कुमाल र दलित लगायतका जातजातिको वसोवास रहेको छ। यस वडाका नागरिकहरुको मुख्य पेशा व्यापार, पशु पालन र कृषि रहेको छ भने मझुवा बजार मुख्य व्यापार हुने बजार हो।हुग्दिखोला लघु जलविद्युत यसै वडामा पर्दछ। यस वडाका वडा अध्यक्ष फडिन्द्रराज अर्याल स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ।

Ward Contact Number: 
९८५१०१२१११