FAQs Complain Problems

समाचार

Pages

उपभोक्ता समिति संग योजना सम्झौता

लाग्ने समय: 
प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकत वा तोकिएको अधिकृत
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१. वडा प्रतिनिधिको रोहवरमा सम्वन्धित योजनाका उपभोक्ताहरुको भेलावाट ७ देखी ११ सदस्यीय उपभोक्ता समितिको गठन भएको हुनुपर्ने ।
२. उपभोक्ता भेलावाटै योजनागत ३ देखी ५ सदस्यीय अनुगमन समितिको गठन भएको हुनुपर्ने।
३. उपभोक्ता समितिमा कम्तिमा ३३% महिला र अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा कम्तिमा १ जना महिला भएको हुनुपर्ने।
४. योजनागत अनुगमन समितिमा समेत ३३% महिला हुनुपर्ने ।
५. उपभोक्ता भेलावाट गठित समितिको बैठक बसी योजना सम्झौताको लागि सम्झौता गर्न जिम्मेवारी दिएको निर्णय भएको हुनुपर्ने ।
६. उल्लेखीत कागजातहरुको प्रतिलिपी संलग्न राखी योजना सम्झौता गर्न वडा कार्यालयले गरेको सिफारीस पत्र सहित निवेदन पेश गर्ने।
७. उपभोक्ता समितिको सदस्यमा रहने पदाधिकारीहरुको नागरीकता प्रमाणपत्रको प्रतिलिपी।
८. वडाको प्रतिवेदन(समिति गठन)।
९. सनाखत प्रतिवेदन (वडा समितिका पदाधिकारीहरुको रोहवरमा ।

//