FAQs Complain Problems

समाचार

वडा नं. ३ हर्राचौर

प्रसिद्द धार्मिक स्थल दिब्रुंङ्गको काखमा अवस्थित चन्द्रकोट गाउँपालिकाको ३ नं. वडा, साबिक हर्राचौर गाउँ विकास समितिका ९ वटा वडाहरु मिलेर बनेको यस वडाको  पूर्वमा र उत्तरमा चन्द्रकोट गाउँपालिकाको ४ नं. वडा शान्तिपुर,  दक्षिणमा बाग्लुंङ्ग जिल्लाको  बरेंङ्ग गाउँपालिका, पश्चिममा चन्द्रकोट गाउँलाकिकको २ नं. वडा रहेको छ।गाउँपालिकाको केन्द्रबाट करिब ८ किलोमिटरको दुरीमा रहेको यस वडा कार्यालयको केन्द्र हर्राचौरमा रहेको छ। ८.८२ वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको यस वडामा ४४४ घरधुरी रहेको छ ।राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा १६८२ जनसंख्या रहेको छ। यस वडाका जनप्रतिनिधि डिल्लीराज सुवेदी  २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो। विशेष गरि ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, दलित, मुश्लिम आदि जातिको बसोबास रहेको यस वडामा बिशेष गरि कृषि र बैदेशिक रोजगारमा आधारित छ

Population: 
१६८२
Ward Contact Number: 
९८६७२८५१६२