समाचार
वडा नं. ५ ग्वाघा
चन्द्रकोट गाउँपालिकाको पूर्वी सिमाना वडा नं. ५ ग्वाघा पर्दछ। साबिक ग्वाघा गाउँ विकास समितिका ९ वटा वडाहरु मिलेर यस वडाको पूर्वमा कालिगण्डकी गाउँपालिका, पश्चिममा चन्द्रकोट गाउँलाकिकको ६ नं. वडा उत्तरमा बाग्लुंङ्ग जिल्लाको बरेंङ्ग गाउँपालिका र दक्षिणमा सत्यवती गाउँपालिका रहेको छ।गाउँपालिकाको केन्द्रबाट करिब ११ किलोमिटरको दुरीमा रहेको यस वडा कार्यालयको केन्द्र ग्वाघामा रहेको छ। झुलेनी पार्क यहाको महत्वपूर्ण प्रयाटकिय स्थलमा आन्तरिक पर्याटक बनभोज खान तथा मनोरम दृश्य अवलोकन गर्न जाने गर्दछन १७.७८ वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको यस वडामा ४३६ घरधुरी रहेको छ ।राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा १७८१ जनसंख्या रहेको छ। यस वडाका जनप्रतिनिधि पृथ बहादुर कार्की २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो। विशेष गरि ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको यस वडामा बिशेष गरि कृषि र बैदेशिक रोजगारमा आधारित छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    