समाचार
वडा नं. ७ रुपाकोट
गुल्मी जिल्लाको साविक रुपाकोट गाउँ विकास समितिका ९ वटा वडाहरु मिलाई बनाईएको चन्द्रकोट गाउँपालिका ७ नं. वडा रुपाकोट गाउँपालिकाको केन्द्र शान्तिपुरबाट दक्षिण-पूर्वमा अवस्थित छ। १०.८७ वर्ग किलोमिटर क्षेत्रफल भएको ७ नं. वडाको पूर्वमा गुल्मी जिल्लाको सत्यवति गाउँपालिका, दक्षिणमा गुल्मी जिल्ला कै छत्रकोट र गुल्मी दरवार गाउँपालिका, पश्चिममा ८ नं. वडा तुराङ रउत्तरमा ६ नं. वडा हरेवा पर्दछ। २०६८ सालको जनगणना अनुसार ३५१८ जनसंख्या रहेको यस वडामा ब्राहमण, क्षेत्री, गुरुङ, मगर, बोटे र दलित लगायतका जातजातिको वसोवास रहेको छ। यस वडाका नागरिकहरुको मुख्य पेशा पशु पालन र कृषि रहेको छ भने दमुकाफाँट र सोता कृषि उत्पादनका लागि परिचित मानिन्छन। प्रसिद्ध धार्मिक एवम् पर्यटकीय मन्दिर सिद्धबाबा यस वडामा पर्दछ। यस वडाका वडा अध्यक्ष अनन्तराम भण्डारी स्थानीय तह सदस्य निर्वाचन,२०७९ बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ।