समाचार
वडा नं. ८ तुराङ्ग
चन्द्रकोट गाउँपालिकाको 8 नं. वडा साविक तुराङ गाउँ विकास समितिका ९ वटा वडाहरु मिलाई बनाईएको छ। जुन गाउँपालिकाको केन्द्र शान्तिपुरबाट दक्षिण-पश्चिममा अवस्थित छ। १९.६६ वर्ग किलोमिटर क्षेत्रफल भएको ८ नं. वडाको पूर्वमा ४, ६ र ७ वडा शान्तिपुर, हरेवा र रुपकोट, पश्चिममा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, दक्षिणमा गुल्मी जिल्लाकै गुल्मी दरवार गाउँपालिका र उत्तरमा १ र २ नं. वडा दिव्रुङ र विशुखर्क पर्दछ। २०६८ सालको जनगणना अनुसार ३९२२ जनसंख्या रहेको यस वडामा ब्राहमण, क्षेत्री, गुरुङ, मगर, कुमाल र दलित लगायतका जातजातिको वसोवास रहेको छ। यस वडाका नागरिकहरुको मुख्य पेशा व्यापार, पशु पालन र कृषि रहेको छ भने मझुवा बजार मुख्य व्यापार हुने बजार हो।हुग्दिखोला लघु जलविद्युत यसै वडामा पर्दछ। यस वडाका वडा अध्यक्ष फडिन्द्रराज अर्याल स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ।