FAQs Complain Problems

समाचार

Pages

वडा नं. ४ शान्तिपुर

साविक शान्तिपुर गाउँ विकास समितिका वडा मिलाई बनाइएको चन्द्रकोट गाउँपालिका ४  नं. वडा गाउँपालिकाको केन्द्र समेत हो। यस वडाको प्रसिद्ध धार्मिक स्थल चन्द्रकोट खड्क मन्दिरबाट गाउँपालकाको नाम नामाकरण गरिएको छ। चक्रेश्वर मन्दिर, चन्द्रकोट मन्दिर, टिमुरे दह यस वडाका प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र हुन।१४.४१ वर्ग किलोमिटर क्षेत्रफल भएको ४ नं. वडाको पूर्वमा ६  नं. वडा हरेवा, पश्चिममा २, ३  र ८ नं. वडा विसुखर्क, हर्राचौर र तुराङ, उत्तरमा बाग्लुङ जिल्लाको बरेङ गाउँपालिका र दक्षिणमा ६ र ८ नं. वडाको हरेवा र तुराङ पर्दछ। २०७८ सालको जनगणना अनुसार ३८७२  जनसंख्या रहेको यस वडामा ब्राहमण, क्षेत्री, गुरुङ, मगर, नेवार , कुमाल , मुस्रलिम,  दलित लगायतका जातजातिको वसोवास रहेको छ, भने शान्तिपुर, रेमि र डाडावन मुख्य वसोवास रहेका स्थानहरु हुन। यस वडाका नागरिकहरुको मुख्य पेशा व्यापार, पशु पालन र कृषि रहेको छ। शान्तिपुर बजार गाउँपालिकाको नै मुख्य व्यापारिक केन्द्र हो। यस वडाका वडा अध्यक्ष बल बहादुर बस्नेत स्थानीय तह सदस्य निर्वाचन, 2079 बाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ।

Population: 
३८७२
Ward Contact Number: 
९८६७३३५७३७